Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चौथो एपीक्याट सम्मेलन सम्पन्न, पाँचौँ सम्मेलन आगामी वर्ष चितवनकाे भरतपुरमा

चौथो एपीक्याट सम्मेलन सम्पन्न, पाँचौँ सम्मेलन आगामी वर्ष चितवनकाे भरतपुरमा

बोगोर (इन्डोनेसिया) : नसर्ने रोग र सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी एसिया प्यासिफिक (सिटिज एलायन्स फर टोबाको कन्ट्रोल एन्ड प्रिभेन्सन अन नन कम्युनिकेबल डिजिज) को चौथो सम्मेलन बिहीबार सम्पन्न भएको छ।

इन्डोनेसियाकाे बोगोर महानगर स्वास्थ्य मन्त्रालय र द युनियनको आयोजनामा भएको दुईदिने सम्मेलनमा नगरप्रमुख सांसद जनस्वास्थ्यविज्ञ गरी ३०० जनाको सहभागिता थियो। कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेणु दाहालले पाँचौ सम्मेलन गर्ने प्रस्ताव राखेकी थिइन्।

उनको प्रस्ताव सबै देशका नगरप्रमुखले पारित गरेका छन्। प्रस्ताव पारित भएसँगै पाँचौँ सम्मेलन आगामी वर्ष नेपालको चितवन भरतपुर महानगरपालिकामा हुने भएको छ। दाहालले नेपाल भ्रमण वर्षको अवसरमा सम्मेलन गर्न पाएको भन्दै खुशी व्यक्त गरिन्।

‘नेपाल भ्रमण वर्षको अवसरमा भरतपुरले यो सम्मेलन गर्न पाउनु महत्त्वपूर्ण अवसर हो’, उनले भनिन्। उनले आफू भरतपुर महानगरलाई ‘स्मोक फ्री’ बनाएर यहाँका नागरिकलाई स्वस्थ बनाउने अभियानमा लागेको बताइन्। नसर्ने रोग र सूर्तीजन्य पदार्थ नियन्त्रण महानगरको उच्च प्राथमिकतामा छ,’ उनले थपिन्।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन