बागलुङमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुँदै, ताइवानी चिकित्सकले जाँच गर्ने
बागलुङ : कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार गर्नेछन्।
दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए।
‘बागलुङसँगै छिमेकी पर्वत र म्याग्दीवासीले पनि शिविरबाट लाभ लिन सक्नेछन्’, उनले भने, ‘दक्ष र अनुभवी चिकित्सकबाटस्तरीय सेवा प्रदान गर्नेछौँ। शिविरमा दन्त, आँखा, मुटु, हाडजोर्नी, नाक, कान, घाँटी र स्त्री रोगका बिरामीको निःशुल्क जाँच तथा उपचार गरिनेछ।
शिविरका लागि ताइवानबाट विशेषज्ञसहित ३५ जनाभन्दा बढी स्वास्थ्यकर्मी बागलुङ आउने भएका छन्। शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँ र पोखराका विशेषज्ञ चिकित्सकले पनि सेवा प्रदान गर्नेछन्। शिविरमा एक सय बढी स्वास्थ्यकर्मी र २५० जना स्वयंसेवक परिचालन हुने भएका छन्।
शल्यक्रिया र थप उपचार गर्नुपर्ने बिरामीका लागि पनि निःशुल्क सेवाका लागि सहजीकरण गरिने आयोजकले जनाएकाे छ। रोटरी क्लबकै विशेष पहलमा ताइवानका चिकित्सक शिविरका लागि बागलुङ आउन लागेका हुन्।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण