‘महिनावारीका वेला स्वस्थकर प्याड प्रयाेग गर्नुस्’
काठमाडौं : सरोकारवालाहरूले नेपाली समाजमा महिनावारीलाई स्वस्थकर बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
एक्सपोज नेपालको १२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागीहरूले नेपाली समाजमा गलत मान्यताहरूका कारण महिनावारीबारे अझै पनि खुलेर कुरा गर्ने अवस्था नरहेको बताएका हुन्।
कार्यक्रममा महिला तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दूरदराजमा अझै धेरै महिलामा महिनावारीमा गर्नुपर्ने सरसफाइबारे चेतना नभएको बताइन्। उनले महिनावारीलाई स्वस्थ बनाउन निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताइन्।
मुलुकभर विभिन्न विद्यालयमा सेनिटरी प्याड वितरणलाई अगाडि बढाएको पनि उनले जानकारी दिइन्। गाउँघरमा सेनिटरी प्याड उत्पादनको काम अघि बढाउँदा महिलाहरूले स्वास्थ्यसँगै रोजगारी पनि पाउन थालेको मन्त्री थापाको भनाइ छ।
कार्यक्रममा एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले महिनावारीमा प्रयोग हुने अस्वस्थकर सेनिटरी प्याडले महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले आफूहरू स्वस्थकर प्याड बनाउने अभियानमा लागेको बताए। उनले संस्थाले स्वस्थकर सेनिटरी प्याड उत्पादनका लागि ५७ महिलालाई रोजगारी दिएको जानकारी दिए।

उनीहरूले एक महिनामा २५ सय वटा पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने गरेको महर्जजनले जानकारी दिए। प्याड बनाउने नि:शुल्क तालिममा एकल महिलालाई प्राथमिकता दिएको उनले बताए।
संस्थाले ‘मर्यादित र स्वस्थ महिनावारी बारेमा खुलेर कुरा गरौँ’ नारा सहित १२ औँ वार्षिक उत्सव मनाएको हाे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण