सत्याग्रह थाल्ने डा. केसीकाे चेतावनी
काठमाडौं : त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले मेडिकल कलेजहरूले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे सत्याग्रह थाल्ने चेतावनी दिएका छन्।
बुधबार प्रेस विज्ञप्ति निकालेर डा. केसीले मेडिकल कलेजले अवैध रूपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन्।
यस्तै उनले पराशर कोइराला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार विश्वविद्यालयहरूमा नियुक्ति हुनुपर्ने माग पनि गरेका छन्। समितिको मापदण्डविपरीत नियुक्ति भए मान्य नहुने डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन्।
त्यस्तै स्रंकमणकालीन न्यायसम्बन्धी आयोगमा पनि दलीय भागदण्ड मान्य नहुने भन्दै डा. केसीले गम्भीर तथा मानवताविरुद्धका अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारवाही सुनिश्चित गर्नसमेत माग गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा