Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

इन्डोनेसियाको बोगोरमा चाैथाे ‘एपिक्याट’ सम्मेलन शुरु

इन्डोनेसियाको बोगोरमा चाैथाे ‘एपिक्याट’ सम्मेलन शुरु

बोगोर (इन्डोनेसिया) : नसर्ने रोगसँग लड्न सबै एकजुट हुनुपर्ने भन्दै इन्डोनेसियाको बोगोर शहरमा चाैथाे ‘एपिक्याट’ सम्मेलन शुरु भएको छ।

इन्डोनेसियाको स्वास्थ्य मन्त्रालय र द युनियनको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा १२ देशका सांसद, नगरप्रमुख, सामाजिक अभियन्ता एवं सञ्चारकर्मीलगायत ३०० भन्दा बढी सहभागी छन्।

सम्मेलनमा सम्बोधन गर्दै बोगोर नगरका प्रमुख डा. विमा आर्याले नसर्ने रोग कम गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नुपर्ने बताए। ‘नसर्ने रोग कम गर्न हामी सबै एकजुट हुनैपर्छ’, उनले भने। आफ्नो शहरलाई ‘स्मोक फ्री’ बनाउन धेरै मेहेनत गर्नुपरेको उनको भनाइ छ।

सम्मेलनमा इन्डोनेसियाका स्वास्थ्य मन्त्रालयका महासचिव डा. ओस्कार प्रिमडीले स्वस्थ नागरिक बनाउन आफूहरूले काम गरिरहेको बताए। यसका लागि युवाहरूलाई सँगै लिएर जानुपर्ने धारणा उनले राखे।

यसैगरी विभिन्न देशका विज्ञहरूले आ–आफ्नो नसर्ने रोग कम गर्न हातेमालो गरेर अघि बढ्नुपर्ने बताए। सम्मेलनमा विभिन्न देशले अवलम्बन गरेका राम्रा अभ्यास’ बारे छलफल हुने र अब कसरी अघि बढ्ने भन्ने विषयमा योजना बनाइने बताइएको छ।

सम्मेलन बिहीबारसम्म चल्नेछ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन