औषधि पसलहरूको अनुगमन तीव्र पार्दै सरकार
काठमाडौं : चिकित्सकको ‘प्रेस्क्रिप्सन’विनै औषधि बिक्री भइरकेको भन्दै सरकारले औषधि पसलहरूको अनुगमन तीव्र पार्ने भएको छ।
‘वल्र्ड फर्मासिस्ट डे’ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले औषधि पसलहरुको अनुगमनमा कडाइ गर्न लागेको बताएका हुन्। उनले औषधि पसलहरूको अनुगमन तथा त्यसका सामग्रीहरूको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिए।
राज्यमन्त्री यादवका अनुसार औषधि र चिकित्सा क्षेत्रमा प्रयोग हुने उपकरणको व्यवस्थापन, अनुगमन तथा नीति निर्माण गर्न मन्त्रालयमा नयाँ महाशाखा स्थापना गर्ने तयारी गरिएको हाे। औषधि क्षेत्रको काम औषधि व्यवस्था विभाग र उपकरण क्षेत्रका काम चिकित्सा महाशाखाले गर्दै आएका थिए। विभागका कार्यक्षेत्रलाई असर नपुग्ने र विभागको कामलाई समन्वयसमेत गर्ने महाशाखाले काम गर्नेछ।
राज्यमन्त्री यादवले औषधिमा आत्मनिर्भर बन्न सरकारले निजी क्षेत्रलाई सहयोग गर्ने बताए। उनले औषधि पसलहरूको अनुगमनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहयोग नपाएको गुनासो पनि गरे।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बिरामीले गुणस्तरीय औषधि पाउन् भनेर विभागले निरन्तर अनुगमन जारी राखेको दाबी गरे।
नेपाल औषधि उत्पादन संघका अध्यक्ष दीपक दाहालले ‘युटासिटिकल्स’ जातको औषधि उत्पादन गर्न नेपालसमक्ष रहेकाले भिटामिनको नामले नेपालमा आयात हुने ती जातका औषधि आयातमा प्रतिबन्ध लगाउन माग गरे।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित