विराटनगर आँखा अस्पतालमा सेवा विस्तार
विराटनगर : विराटनगर आँखा अस्पतालले आठ वर्षको अवधिमा चार लाख ९८ हजार ७७० जनालाई बहिरङ्ग सेवा प्रदान गरेको जनाएको छ। तीमध्ये ७६ हजार ५२० जनाको शल्यक्रिया गरेको छ ।
अस्पतालले बिना सुई मोतियाविन्दुको शल्यक्रिया सेवा, पर्दासम्बन्धी सम्पूर्ण सेवा, जलबिन्दु, स्केलर फिक्सेसन शल्यक्रिया, अकुलेपेस्टिक, एबी स्क्यान सीसीटी, पासल लेजर, येग लेजर सेवा , बहिरङ्ग सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी सेवा, चश्मा वितरण, निःशुल्क अन्तरंग सेवा र निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये प्रायः जलविन्दुको समस्या भएर आउने गरेकाले मेडिकल रेटिन तथा जलविन्दुसम्बन्धी उपचार सेवा पनि विस्तार गरिएको छ।
विश्वमा अन्धोपनको पहिलो कारण मोतियाविन्दु र दोस्रो कारण रेटिना पर्दासम्बन्धी समस्या भएका आँखाका बिरामी भएकोले नै रेटिना सेवा विस्तार गरेको अस्पतालका राजेश प्रसाईँले जानकारी दिए।
सरदर आठ बिरामीमध्ये एक जना बिरामी उच्च रक्तचाप तथा मधुमेहबाट पीडित रहेको तथ्याङ्क छ। तीमध्ये ७० देखि ८० प्रतिशत मधुमेहका बिरामी भएको अस्पतालले बताएको छ। मधुमेह बिरामी हुने समस्या निराकरण गर्न अस्पतालले सर्वसुलभ उपचार पद्धति शुरु गरेको छ। रेटिना बिरामीका लागि एएनटीआई लगाउने कार्य पनि थालिएको आँखाका चिकित्सक आदी खत्रीले जानकारी दिए।
उच्च रक्तचाप र मधुमेहको खराबीले गर्दा पर्दामा हुने समस्या जस्तै आँखाको भित्री भागमा रगत जम्ने, पर्दा च्यातिने र अन्य आँखामा लाग्नसक्ने चोटका कारणले हुने आँखाको समस्यालाई पर्दामा शल्यक्रियामार्फत सेवा प्रदान गर्ने गरेको बताइएको छ।
आँखा जस्तो महत्वपूर्ण अङ्गलाई सुरक्षित गर्न मानिसले खानपानमा विशेष ध्यान दिनुपर्ने र समस्या देखिने बित्तिकै आँखाको जाँच तुरुन्त गरिहाल्न चिकित्सकले सुझाव दिएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित