गर्भवतीको घरमा हरियाे झण्डा, स्वास्थ्य संस्थामा जाँच गराउनेलाई अण्डा
गुल्मी : मालिका गाउँपालिकाले गर्भवतीको घरमा हरियाे झण्डा र अण्डा अभियान ल्याएको छ।
याे कार्यक्रमअनुसार गर्भवतीको घरमा हरियो झण्डा राखिन्छ र चौथो पटक स्वास्थ्य संस्थामा जाँच गर्न पुग्ने गर्भवतीलाई एक क्यारेट अण्डा दिइन्छ।
गर्भवती भएको घर पहिचानका लागि घरमा हरियो झण्डा राख्ने र शून्य होम डेलिभरी बनाउनका यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए।
गाउँपालिकाले गर्भवतीको घरदेखि स्वास्थ्य संस्थासम्म जान र स्वास्थ्य संस्थादेखि घरसम्म जान निःशुल्क पाँच वटा एम्बुलेन्स व्यवस्था गरेको बताएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा