जंगली च्याउ खाँदा पाँच जना बिरामी
पाल्पा : रामपुर नगरपालिकामा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन्।
रामपुर नगरपालिका–४ खप्टारका ५३ वर्षीय ठगबहादुर खाँण, ३९ वर्षीय तुलबहादुर मल्ल, ३४ वर्षीया केसरी मल्ल, १४ वर्षीय अनुप थापा, र ११ वर्षीय शंकर खाँण बिरामी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ।
उनीहरूको रूपन्देहीको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ। बिरामीमध्ये तीन जनाको आईसीयूमा उपचार भइरहेको छ। यद्यपि उनीहरूको अवस्था खतरामुक्त छ। दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।
घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ उनीहरूले मंगलबार राति तरकारी पकाएर खाएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण