‘स्वास्थ्य बिमा गरेर के गर्नु, अस्पतालले औषधि दिँदैनन्’
जाजरकोट : आठबिसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममता पुनले छोरी बिरामी भएपछि आठविसकोट राडीस्थित उपचारका लागि नगर अस्पताल लगिन्। तर सहज रूपमा छोरी रेनुकाको उपचार भएन। स्वास्थ्य बिमा गरेकी ममताका परिवारले नगर अस्पतालमा उपचार गर्न पुगे पनि औषधि भने निजी औषधि पसलबाट खरिद गर्न बाध्य भएको बताइन्।
बिमित स्थानीय बासिन्दा उपचारमा आए पनि सहज रूपमा औषधि नपाउँदा व्यक्तिगत रकम खर्च गरेर पसलबाट औषधि खरीद गर्न बाध्य भएको बताउँदै आएका छन् । त्यस्तै नलगाड नगरपालिका–७ रामबहादुर गिरीले नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि गएको तर बिमित भएको रकमबाट उपचार गर्न नपाउँदा आक्रोश पोखे।
बिमितहरू उपचारमा जाँदा व्यक्तिगत रकमबाट उपचार गरेर आउन बाध्य भएका रुकुमपश्चिम आठविसकोट नगरपालिका–६ का कालीबहादुर विकले बताए।
जाजरकोट जिल्ला अस्पतालको फार्मेसी शाखाले बिमितले औषधि दिनका लागि दररेट नमिल्दा समस्या भएको बताएको छ। बीमाले तोकेको दर एक र फार्मेसीको दर नमिल्दा समस्या भएको फार्मेसी शाखामा कार्यरत लालबहादुर खत्रीले बताए। सदरमुकामदेखि बाहिर उपचारका लागि जाने बिरामी बीमाको रकमबाट उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गर्दै आएका छन्।
आठविसकोटस्थित नगर अस्पतालको विभेदका विषयमा नगरप्रमुख गोरखबहादुर केसीसँग गुनासो गर्दा पनि सुनुवाइ नभएको आठविसकोट नगरपालिका–९ रुकुमपश्चिमका स्थानीय बताउँछन्। बिमाको रकम महीनौँ पछि आउने भएकालेघाटा लाग्ने भन्दै कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आनाकानी गरेको बिरामीले बताएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित