‘प्रदेश ३ लाई मानसिक रोगमुक्त बनाउनुपर्छ’
हेटौँडा : प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले यो प्रदेशलाई मानसिक रोगमुक्त प्रदेश बनाउन पहल गरिने बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालय, सानेपाद्वारा साेमबार हेटौँडामा आयोजित ‘मानसिक स्वास्थ्यको वर्तमान अवस्था’ विषयक अन्तरक्रियामा श्रेष्ठले यौन, धन, पद, प्रतिष्ठा र महत्वाकांक्षा आदिको वास्तविकता नबुझेर तथा परिस्थितिजन्य कारणले मानिस मानसिक रोगी हुने गरेको बताए।
सभामुख श्रेष्ठले मानसिक रूपमा स्वस्थ हुन आनीबानी परिवर्तन गर्नुपर्ने भन्दै यो प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउने सरकारको अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले वृद्धाश्रम, बालआश्रम तथा अनाथ आश्रमको संख्या घटाउनुपर्ने भन्दै केही जिल्ला समेटेर एउटा मात्र आश्रम स्थापना गरी आर्थिक, सामाजिक र मानसिक व्यवस्थापनमा सहयोग पुर्याउनुपर्ने बताए।
सामाजिक विकासमन्त्री युवराज दुलालले मानसिक सन्तुलन गुमाएका व्यक्तिको व्यवस्थापन सरकारले गर्नुपर्ने धारणा राखे। सबै किसिमका उपचार हुने एकीकृत स्वास्थ्य सेवा क्लिनिक शुरु गर्ने योजनामा प्रदेश सरकार रहेको उनले जानकारी दिए।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त