नेपालमा सात प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनले
काठमाडौं : विश्वमा वार्षिक करिब २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेको एक तथ्यांकले देखाएको छ। अमेरिकी एक संस्था गट्माकर इन्स्टिच्युटको तथ्यांकअनुसार लगभग अढाइ करोड महिलाले असुरक्षित गर्भपतन गराउने गरेका हुन्।
असुरक्षित गर्भपतन गराउनेमा अधिकांश विकासोन्मुख देशका महिला पर्छन्। प्रतिवर्ष करिब ४४ हजार महिलाको असुरक्षित गर्भपतनका कारण ज्यान जाने गरेको छ। मातृ मृत्युको ७.९ प्रतिशतको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ।
इन्स्टिच्युटको सन् २०१४ को अध्ययनअनुसार नेपालमा हरेक वर्ष करिब तीन लाख ३२ हजार महिलाले गर्भपतन गराउँछन्। कुल मातृ मृत्युमध्ये सात प्रतिशत मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ। इन्स्टिच्युटका अनुसार प्रतिवर्ष एक लाख ८६ हजार १४४ महिला\किशोरीले असुरक्षित गर्भपतन गर्छन्।
नेपालको संविधान, २०७२ ले महिलाको हकअन्तर्गत प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ भनेर व्यवस्था गरेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा