स्वास्थ्यचौकीलाई जग्गादान
खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका बासिन्दाले स्वास्थ्यचौकीलाई जग्गादान गरेका छन्।
चार आना जग्गामा निर्माण गरिएको जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई स्थानीय मोतिप्रसाद अधिकारी, गोविन्द भण्डारी, लीलानाथ भण्डारी र बोलनादेवी भण्डारीले पाँच रोपनी दुई आना जग्गादान गरेका हुन्।
सुविधा सम्पन्न भवनलगायत संरचना निर्माणका लागि मोतिप्रसादले तीन लाख ५० हजार, गोविन्दले दुई लाख ५० हजार, लीलानाथले दुई लाख र बोलनादेवीले एक लाख रुपैयाँ मूल्यबराबरको जग्गा आइतबार जिल्ला मालपोत कार्यालयमार्फत स्वास्थ्यचौकीको नाममा पास गरिदिएका छन्।
जग्गा नहुँदा स्वास्थ्यचौकी खाल्लेले हाल २७ वर्षअघि निर्माण गरिएको जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा