Health TV Online
Health TV Online
Health TV Online

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी

इलाम : इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। केही दिनयता कैदीहरू एकाएक बिरामी परेकाे  र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो।

टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए। एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत समस्या भएकाे छ। ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरूको उपचार गरिएको छ’, श्रेष्ठले भने।

कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो। कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन।

कारागारमा हाल २६० कैदी छन्।१०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन्। कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ। कार्यालयमा चार जना कार्यालय सहयोगी छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार