नर्सिङको लाइसेन्स परीक्षा कात्तिक ३० गते
काठमाडौं : नर्सिङको लाइसेन्स परीक्षा आगामी कात्तिक ३० गते हुने भएको छ। नेपाल नर्सिङ परिषद्ले सूचना जारी गरी लाइसेन्स परीक्षाको मितिबारे जानकारी दिएको हो।
सूचनाअनुसार बीएस्सी नर्सिङ वा प्रवीणता प्रमाणपत्र तह नर्सिङ उत्तीर्णहरू परीक्षामा सामेल हुन पाउने छन्। परीक्षाका लागि अनलाइनबाट मात्र फारम भर्न सकिने बताइएको छ।
यसका लागि असोज ९ देखि कात्तिक ८ गतेसम्म अनलाइनमार्फत फाराम भर्न सकिने जनाइएको छ।
परीक्षा बिहान ९ बजेदेखि सञ्चालन हुनेछ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा