२८ जनाको दरबन्दी, दुई चिकित्सक कार्यरत
कञ्चनपुर : महाकाली अस्पतालमा दरबन्दीअनुसार पदपूर्ति नहुँदा चिकित्सक अभाव भएको छ।
२८ जनाको दरबन्दी रहेको महाकाली अस्पतालमा प्रसूतिरोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छालारोग विशेषज्ञ शम्भुदत्त जोशी मात्र कार्यरत छन्।
११औँ तहका चारजना डाक्टर, १०औँ तहका १६ जना डाक्टर, एक डेन्टल र नौ तहका सात मेडिकल अधिकृतकाे दरबन्दी भए पनि सोअनुसारको चिकित्सक पदपूर्ति गरिदिएको छैन। दरबन्दीअनुसार पदपूर्ति नभएका कारण समस्या भएको अस्पतालले जनाएकाे छ।
चिकित्सा परिचालन निर्देशनालयबाट चारजना मेडिकल अधिकृत, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एकजना मात्रै कार्यरत रहेको अस्पतालले जनाएको छ।
महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीका अनुसार सामान्य रोगबाहेक गम्भीर तथा ठूला प्रकृतिका बिरामी तथा घाइते ‘रेफर’ गर्ने गरिएकाे छ।
अस्पतालमा खानेपानी समस्या छ। उसकाे आफ्नै फार्मेसी छैन। दक्ष जनशक्ति अभावका कारण आधुनिक मेसिन पनि थन्किएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित