Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सीएमसी विद्यार्थीसँग लिएकाे बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न सहमत

सीएमसी विद्यार्थीसँग लिएकाे बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न सहमत

चितवन : चिमेडिकल कलेज (सीएमसी) सरकारले तोकेको भन्दा बढी शुल्क एक महिनाभित्र फिर्ता  गर्न सहमत भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफलपछि सीएमसी  तोकेको भन्दा बढी शुल्क फिर्ता  गर्न सहमत भएको हाे।

बैठकले शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक–एकजना, चितवन मेडिकल कलेजका दुईजना, आन्दोलनरत विद्यार्थीका दुईजना र अभिभावकका तर्फबाट एकजना प्रतिनिधि रहेको कार्यदल गठन गरेको छ। कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ।

प्रतिवेदन आएपछि थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक हरिशचन्द्र न्यौपानेले जानकारी दिए। यससँगै तीन हप्तादेखि जारी विद्यार्थीहरूको आन्दोलन फिर्ता भएको छ। सहमतिसँगै आइतबारबाट नै पठनपाठन  हुने  बताइएकाे छ।

विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। तर आन्दोलनरत विद्यार्थीका अगुवा प्रकाश चन्दले  सहमति कार्यान्वयन नभए फेरि आन्दोलन थाल्ने प्रतिक्रिया दिए।

यसअघि शुक्रबार त्रिभुवन विश्वविद्यालयले एमबीबीएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएका शुल्क फिर्ता गर्न आग्रह गरेको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन