Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवनमा घट्दै डे‌ंगुका बिरामी

चितवनमा घट्दै डे‌ंगुका बिरामी

चितवन : भदौको तेस्रो र चौथो साता अत्यधिक देखिएको डेंगुरोगको संक्रमण घटेको छ। साउन पहिलो सातादेखि क्रमशः बढेको डेंगु रोगको संक्रमण पछिल्लो एक साता दैनिक रूपमा घटेको चिकित्सकहरूले जनाएका छन्।

भदौ चौथो सातापछि क्रमशः संक्रमितको संख्या घट्दै गएको सूचना अधिकारी लीलाधर पौडेलले बताए। पछिल्ला दिनहरूमा संक्रमण भएका बिरामी घटेको उनले जानकारी दिए। वर्षा बन्द भएसँगै आइतबार र सोमबार हेरेर संक्रमण दर भन्न सकिने उनको भनाइ छ। तर आगामी कात्तिकसम्म स‌ंक्रमण देखिने उनको भनाइ छ।

अस्पतालका वरिष्ठ फिजिसियन डा‍. भोजराज अधिकारीले भर्ना भएकामध्ये ६० प्रतिशतसम्म डेंगुका हुने गरेकामा अहिले घटेर १५ देखि २० प्रतिशतमा झरेको बताए। यद्यपि मौसमी ज्वरो भने रहिरहेको उनको भनाइ छ।

लगातार परेको वर्षाले तापक्रम घटेका कारण डेंगुको संक्रमण पनि घट्ने अपेक्षा गरिएको छ। स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन यता बिहीबारसम्ममा जिल्लामा बिरामीको संख्या दुई हजार ५१५ जना पुगेको छ। आठ हजार २२१ जनाको रक्त परीक्षणका क्रममा सो संख्यामा स‌ंक्रमित भेटिएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि