चितवनमा घट्दै डेंगुका बिरामी
चितवन : भदौको तेस्रो र चौथो साता अत्यधिक देखिएको डेंगुरोगको संक्रमण घटेको छ। साउन पहिलो सातादेखि क्रमशः बढेको डेंगु रोगको संक्रमण पछिल्लो एक साता दैनिक रूपमा घटेको चिकित्सकहरूले जनाएका छन्।
भदौ चौथो सातापछि क्रमशः संक्रमितको संख्या घट्दै गएको सूचना अधिकारी लीलाधर पौडेलले बताए। पछिल्ला दिनहरूमा संक्रमण भएका बिरामी घटेको उनले जानकारी दिए। वर्षा बन्द भएसँगै आइतबार र सोमबार हेरेर संक्रमण दर भन्न सकिने उनको भनाइ छ। तर आगामी कात्तिकसम्म संक्रमण देखिने उनको भनाइ छ।
अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले भर्ना भएकामध्ये ६० प्रतिशतसम्म डेंगुका हुने गरेकामा अहिले घटेर १५ देखि २० प्रतिशतमा झरेको बताए। यद्यपि मौसमी ज्वरो भने रहिरहेको उनको भनाइ छ।
लगातार परेको वर्षाले तापक्रम घटेका कारण डेंगुको संक्रमण पनि घट्ने अपेक्षा गरिएको छ। स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन यता बिहीबारसम्ममा जिल्लामा बिरामीको संख्या दुई हजार ५१५ जना पुगेको छ। आठ हजार २२१ जनाको रक्त परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण