Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रा.डा. शाहलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम, कोइरालालाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय

प्रा.डा. शाहलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम, कोइरालालाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय

काठमाडौं : स‌ंविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ३३ चिकित्सक तथा स्वास्थ्यकर्मी विभूषित हुने भएका छन्।

गृह मन्त्रालयले शुक्रबार सूचना प्रकाशन गरेर विभूषित हुने ३३ चिकित्सकलगायतको नाम सार्वजनिक गरेको हो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी)बाट विभूषित हुने भएकी छिन्। शाह प्रधानमन्त्रीकी निजी चिकित्सक हुन्।

यही पदक सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालको डिर्पाटमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजीका चिकित्सक डा. अनन्तरमण भाट्साला र डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, भारतको म्याक्स ग्रुप अफ हस्पिटलका डा. अनन्त कुमारलाई पनि प्रदान गरिने भएकाे छ।

नयाँदिल्लीस्थित डिर्पाटमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, रोवोटिक्स् एन्ड रेनल ट्रासप्लान्ट, एमएक्स ग्रुप अफ हस्पिटलका डा. राजीवकुमार शर्मा र  डिर्पाटमेन्ट अफ अंकोलोजी, एपोलो हस्पिटल नयाँदिल्लीका डा. हर्ष दुएलाई पनि सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी)बाट विभूषित गरिने भएकाे छ।

यस्तै वरिष्ठ मुटुरोग सर्जन प्रा.डा. भगवान् कोइरालाले उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) विभुषण प्राप्त गरेका छन्।

विभिन्न पदकबाट विभूषित हुने अन्य स्वास्थ्यकर्मीहरू

सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)

डा. ज्योतिन्द्र शर्मा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र

प्रा.डा. उत्तमकुमार शर्मा, त्रिवि चिकिस्साशास्त्र अध्ययन संस्थान

डा. चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्रान्डी अस्पताल

डा. भरत प्रधान, काठमाडौं

डा. योगेन्द्रप्रसाद यादव, विराटनगर

डा. डेविन फ्रयान्सिस, मेलर्वन, अस्ट्रेलिया

डा. प्रेम ज्ञवाली, शिक्षण अस्पताल, महाराजगञ्ज

प्रा.डा. रामकुमार घिमिरे, रेडियोलोजिस्ट, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

डा. शर्मा पौडेल, रेडियोलोजिस्ट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

डा. रत्नमणि गजुरेल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

डा. उत्तम श्रेष्ठ, रेडियोलोजिस्ट त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान

डा. रमेशसिंह भण्डारी, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

डा. उत्तम पच्या, गुल्मी जिल्ला अस्पताल

डा. पलेस्वाँ जोशी लाखे, शिक्षण अस्पताल, महाराजगञ्ज

डा. सुबोधकुमार अधिकारी, वीर अस्पताल

प्रा.डा. नगेन्द्रबहादुर केसी, चिकित्साशास्त्र महाविद्यालय

डा. दीपक श्रेष्ठ, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

डा. राजु अधिकारी, योग प्रशिक्षक

प्रबल जनसेवा श्री (चर्तुथ श्रेणी)

डा. अशोकानन्द मिश्र, सप्तरी

डा. टीकाधर द्विवेदी, आयुर्वेद चिकित्सक, पर्सा

डा. विराजमान कर्माचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेल

डा. राम कामेश्वर ठाकुर, प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ

कमला लामा, नेपाल प्रहरी अस्पताल

उमा पाण्डे, लेखा अधिकृत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर

गिरेन्द्रकुमार झा, अहेब, जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरी

ज्ञानसिंह बुढा, जनस्वास्थ्य निरीक्षक, जिल्ला अस्पताल, मुगु

जनसेवा श्री (पञ्चम श्रेणी)

सत्यराज शाक्य, अहेब लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि