Health TV Online
Health TV Online

डेंगुविरूद्ध प्रहरीकाे सचेतना अभियान

डेंगुविरूद्ध प्रहरीकाे सचेतना अभियान

सुर्खेत : कर्णाली प्रदेश प्रहरीले डेंगुविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ। प्रदेशका सबै जिल्लामा अभियान सञ्चालन गरेकाे प्रहरीले जनाएको छ ।

अभियानअन्तर्गत कर्णालीका सबै जिल्लामा डेंगुबाट बच्न अपनाउनुपर्ने उपायबारे नागरिकलाई जानकारी दिन थालिएको हो । गत एक सातामा सबै जिल्लामा प्रहरी इकाइमार्फत ५५ स्थानमा सचेतना कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएकाे छ।

प्रदेशका सबै स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा डेंगुबारे जानकारी दिएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको पनि सहभागिता रहेको थियो।

अहिलेसम्म दैलेख, जाजरकोट, सुर्खेत, कालिकोट र सल्यानमा डेंगुको संक्रमण भेटिएको छ। बिहीबारसम्म प्रदेशका पाँच जिल्लामा ११ जना संक्रमित भेटिएका छन्। सुर्खेतमा ६, दैलेखमा दुई तथा कालिकोट, जाजरकोट र सल्यानमा एक–एक जना संक्रमित छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार