Health TV Online
Health TV Online

प्रदेश ३ मा चार हजारमा डेंगु संक्रमण

प्रदेश ३ मा चार हजारमा डेंगु संक्रमण

काठमाडौं : प्रदेश ३ मा तीन हजार ९२९ जना डेंगु संक्रमित भएको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि असोज १ सम्म सबैभन्दा धेरै प्रदेश ३ मा संक्रमित फेला परेका हुन्। डेंगुबाट मृत्यु हुनेको संख्या पनि प्रदेश ३ मै धेरै देखिएको छ। प्रदेश नम्बर ३ का काठमाडौँमा २, सिन्धुपाल्चोक र चितवनमा १\१ गरी अहिलेसम्म चार जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

काठमाडौंमा एक हजार ३३१, चितवनमा एक हजार २३७, मकवानपुरमा ७८३, भक्तपुरमा १९७ र ललितपुरमा २३१ जना संक्रमित भएका छन्। धादिङमा ४६, काभ्रेपलाञ्चोकमा १४, नुवाकोटमा १३, सिन्धुलीमा सात, रामेछापमा १०, सिन्धुपाल्चोकमा तीन, दोलखामा ६ र रसुवामा एक जना डेंगुको संक्रमित फेला परेका छन्।

डेंगु निययन्त्रण गर्न सरकारले ‘खोज र नष्ट गर’ अभियान चलाइरहे पनि संक्रमण नियन्त्रण हुन सकेको छैन। यस्तै, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल प्रदेश ३ मा डेंगुको प्रकोपबाट डराउनुपर्ने अवस्था नभएको बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार