Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

६८ जिल्लामा पुगे डेंगु सार्ने लामखुट्टे, सर्वसाधारणमा चेतना अभाव

६८ जिल्लामा पुगे डेंगु सार्ने लामखुट्टे, सर्वसाधारणमा चेतना अभाव

काठमाडौं : भिन्नभिन्न हावापानी र मौसम भएका अधिकांश जिल्लामा डेंगु रोग सार्ने ‘एडिस एजेप्टी’ र ‘एडिस एल्बोपिक्टस’ पोथी जातका लामखुट्टे पुगेको पाइएको छ। सो रोग सबै प्रदेशसहित ६८ जिल्ला देखापरेको कीटजन्य रोगको व्यवस्थापन गर्ने निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

मनाङमा समेत एक जनामा डेंगु देखापरेको छ। महाशाखाको पछिल्लो विवरणअनुसार रोगका कारण हालसम्म काठमाडौँ, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा गरी ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म सात हजार ३७० जनामा डेङ्गु रोगी फेला परेका छन्।  निजी क्लिनिकमा उपचार गर्नेको संख्या यसमा उल्लेख गरिएको छैन।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ कीटजन्य रोग अनुसन्धानकर्ता डा. मेघनाथ घिमालका अनुसार नेपालमा एडिस एजेप्टीले एक हजार ८०० र एडिस एल्बोपिक्टसले दुई हजार १०० मिटरको उचाइमा प्रजनन गर्ने क्षमता पाइएको छ। ‘जलवायु परिवर्तन र तापमान वृद्धिका कारण ती दुवै प्रजातिका लामखुट्टे सबै हावापानी भएको ठाउँमा पुगेका छन् । डेंगुको प्रकोप फैलिन सक्छ भनेर वीरगञ्जदेखि पहिल्याउँदै रसुवाको धुन्चेसम्म अध्ययन गरेका थियौँ। नियन्त्रणका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छाैँ”, उनले भने।

राससका अनुसार सन् २०१२ मा छ महीना लगाएर परिषद्ले अध्ययन सम्पन्न गरेको थियो। डेंगु सार्ने लामखुट्टे लगभग दुई हजार १०० मिटरको उचाइसम्म फैलिन सक्ने र ती उचाइमा लामखुट्टेका एडल, लार्भा र फुलसमेत फेला परेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको थियो।

परिषद्को अध्ययनले सो रोग महामारीका रूपमा फैलिसकेको तर जनमानसमा रोगबारे ज्ञानको कमी भएको देखाएको छ। अध्ययनअनुसार माथिल्लो भूभाग अर्थात् हिमाल र पहाडी जिल्लाका १६ तथा तल्लो अर्थात् तराईका जिल्लाका ५३ प्रतिशत नागरिकले मात्र डेंगुबारे सुनेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार चिकित्सक कृष्णकुमार राई डेंगु रोग महामारीका रूपमा नफैलिएको र रोग नियन्त्रण गर्न मन्त्रालयले प्राथमिकता दिएको बताउँछन्। ‘डेंगु रोगबाट त्रसित हुनुपर्ने अवस्था छैन । सावधानी भने अपनाउनुपर्छ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि