गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित
पोखरा : गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन्। आफूहरूसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन निजी मेडिकल कलेजले नमानेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन्।
विद्यार्थीहरुले सात दिनदेखि गण्डकी मेडिकल कलेजको पढाइ ठप्प गरेको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएकाे छ।
कलेजले विभिन्न संकायका विद्यार्थीलाई एक पक्षीय वार्तामा बोलाई विभिन्न तर्क गरी परीक्षामा असफल बनाउने र विद्यार्थीबीच द्वन्द्व उत्पन्न गराइराखेको भन्दै यस्तो नगर्न चिकित्सा समितिले कलेजलाई चेतावनी दिएको छ।
कलेजले लिने अवैधानिक शुल्कविरुद्ध गत माघमा पनि गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरुले आन्दोलन गरेका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा