एसियामा डेंगुले एक हजार मानिसकाे मृत्यु
डेंगुका कारण एसियामा एक वर्षमा एक हजार जनाभन्दा बढीको मृत्यु भएकाे छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार लाखौँ मानिस प्रभावित भएका छन्।
एसियामा सबैभन्दा बढी प्रभावित बंगलादेश भएको छ। डेंगुकै कारण त्यहाँ ५७ जनाको मृत्यु भइसकेको छ। यस्तै कम्बोडिया, लाओस, श्रीलंका, सिंगापुर, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स तथा भियतनाममा गत वर्षको भन्दा पनि तीव्र रूपमा डेंगुका बिरामी बढेका छन्।
गत वर्ष फिलिपिन्समा एक हजार १०७ जनाको मृत्यु भएको थियो। दुई लाख ५० हजार मानिस बिरामी परेका थिए।
अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तन, तापक्रम वृद्धिलगायतका कारणले डेंगु फैलाउने लामखुट्टेको वृद्धि भएको बताएका छन्। बढ्दो र अव्यवस्थित शहरीकरणका कारण पनि यसको संक्रमण बढेको तर्क अनुन्धानकर्ताहरूले गरेका छन्।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा