भक्तपुरमा १९७ जनालाई डेंगु संक्रमण
भक्तपुर : जिल्लामा दुई साताको अवधिमा १९७ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेका अनुसार भक्तपुरमा बुधबारसम्ममा १९७ जनालाई डेंगु भएको पुष्टि भइसकेकाे छ।
कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले देशकै बढी जनघनत्व रहेको भक्तपुरमा डेंगु संक्रमणको उच्च जोखिममा रहेको बताए। जिल्लामा गत भदौ ८ गते पहिलोपटक डेंगु संक्रमितको पहिचान भएको थियो।
कार्यालयका अधिकृत न्यौपानेका अनुसार ज्वरो आउनेबित्तिकै डेंगु रोगको आशंकामा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको घुइँचो हुने गरेको छ। जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा डेंगु संक्रमित भेटिएको बताइएको छ।
‘डेंगु फैलाउने लामखुट्टेको खोज र नष्ट गरौँ’ अभियान सञ्चालन गर्नुपर्ने प्रमुख मिजारले बताए। उनले टोल, नगर, विद्यालयलगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रम भइरहेको जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित