घर घरमै पुगेर ज्येष्ठ नागरिककाे उपचार
गोरखा : बारपाक सुलिकोट गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए।
धेरै ज्येष्ठ नागरिकहरु उपचारका लागि स्वास्थ्य संस्था आउन नसक्ने अवस्था रहेकाले कम्तीमा महिनाको पाँच दिन मात्र स्वास्थ्यकर्मी घर–घरमा पुगेर स्वास्थ्य जाँच गर्दा पनि सबै ज्येष्ठ नागरिकमा स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम शुरू गरेकाे भट्टले बताए।
राससका अनुसार गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार दिने योजना बनाएको भए पनि स्वास्थ्यकर्मीको संख्या थोरै भएकाले त्यो सम्भव नभएपछि पहिलो चरणमा ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सेवा दिन शुरु गरेको हाे।
हरेक वडामा ८० वर्ष माथिका कम्तीमा १५० जना ज्येष्ठ नागरिक रहेका र ती मध्ये आधाजति मात्र गाउँमा बसोवास गर्ने गरेकाले सबैलाई उपचार सेवा पुर्याउन सकिने गाउँपालिकाकाे भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा