Health TV Online
Health TV Online
Health TV Online

मकवानपुरमा एक हजार जनालाई डेंगु संक्रमण

मकवानपुरमा एक हजार जनालाई डेंगु संक्रमण

हेटौँडा : मकवानपुरमा गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि खड्कामा पहिलोपटक देखिएको डेंगुबाट भदौ मसान्तसम्म एक हजार जना संक्रमित भएका छन्।

राससमा उल्लेख समाचारअनुसार बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन्।  उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मसान्ततिर लगभग नियन्त्रण उन्मुख भएको डेंगु भदौको शुरूकाे झरीसँगै बढेको हो।

हेटौँडा–४ मा दैनिक पाँचका दरले डेंगु संक्रमण बढिरहेकामा भदौ लागेपछि त्यो दर बढेर दैनिक १५ पुगेको छ। हाल भइरहेको वर्षाले पनि डेंगु बढाउन मद्दत पुग्ने भएकाले सर्वसाधारणलाई सचेत हुन आग्रह गरिएको छ। डेंगु नियन्त्रणमा प्रदेश सरकार, उपमहानगरपालिका र जिल्ला समन्वय समितिसमेत लागिपरेका छन् ।

चितवन तथा मकवानपुरलगायत प्रदेशका विभिन्न जिल्लामा फैलिएको डेंगु नियन्त्रणमा प्रदेश सरकार लागिरहेको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको भनाइ छ। डेंगु नियन्त्रण गर्न औषधि छर्किनेबाहेक हरेक उपाय अपनाइएको उनले बताए। मन्त्री दुलालले औषधि छर्किँदा आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने तथा लामखुट्टे नियन्त्रणमा खासै प्रभावकारी नहुने जानकारहरूको सल्लाहअनुसार औषधि नछर्किएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार