स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.पोखरेलद्वारा पदबहाली
काठमाडौं : स्वास्थ्य सेवा विभागको जिम्मेवारी पाएका डा. रोशन पोखरेलले मंगलबार पदबहाली गरेका छन्।
मन्त्रालयले डा पोखरेललाई कामु महानिर्देशकको जिम्मवारी दिएको हो। लामो समय कोशी अस्पतालका निर्देशकका रुपमा कार्यरत डा पोखरेल ११ औं तहका कर्मचारी हुन्।
कर्मचारी समायोजनका कारण कोशी अस्पतालमा डा गुणराज लोहनीलाई निर्देशकका रुपमा पठाएपछि डा पोखरेल स्वास्थ्य मन्त्रालयमा आएका थिए। गत २२ भदाैदेखि महानिर्देशक डा शुशीलनाथ प्याकुरेलले उमेर हदका कारण अवकाश पाएपछि महानिर्देशकको पद रिक्त थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा