मर्करीयुक्त उपकरण र डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध
काठमाडौं : सरकारले मर्करीयुक्त उपकरण तथा डेन्टल अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाएको छ। अब आम नागरिकले मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
अब गर्भवती र स्तनपान गराइरहेका महिला तथा १५ वर्षमुनिका बालबालिकामा मर्करी डेन्टल अमल्गमको प्रयोग पूर्णतः प्रतिबन्ध लगाउने, अन्य उमेरका हकमा विकल्प भएमा पाँच वर्षभित्र प्रतिबन्ध लगाउने बताइएको छ। यस्तै दन्त चिकित्सा अध्ययन गराउने विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मर्करी डेन्टल अमल्गमको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गराउने तथा प्रयोगात्मक अभ्यासमा मर्करी अमल्गमको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २०६९ फागुन २१ मा मर्करीयुक्त उपकरणको आयात, खरिद तथा प्रयोगमा आर्थिक वर्ष २०७०\७१ देखि पूर्णतया प्रतिबन्ध गर्ने निर्णय गरी प्रभावकारी कार्यान्वयनमा आइसकेको छ। फलस्वरूप प्रायजसो सबै अस्पतालले ज्वरो नाप्न मर्करीमुक्त डिजिटल थर्मामिटर तथा रक्तचाप नाप्न मर्करीमुक्त ऐनेरोइड स्फिगमोम्यानो मिटरको प्रयोग गर्न शुरु गरेका छन्।
यो निर्णयले संयुक्त राष्ट्रसंघीय मिनामाता मर्करी महासन्धिले मानव गतिविधिबाट उत्सर्जित मर्करीको दुस्परिणामबाट स्वास्थ्य र वातावरण जोगाउन अन्तर्राष्ट्रिय रूपमा गरिएको प्रतिबद्धता पूरा गर्न पनि सहयोग पुग्ने बताइएको छ।
सन् २०१३ मा आएको संयुक्त राष्ट्रसङ्घीय मर्करी महासन्धि, सन् २०१७ अगष्ट २६ तारिखबाट अन्तर्राष्ट्रिय कानुनको मान्यता प्राप्त गरिसकेको छ। हालसम्म महासन्धिमा नेपाललगायत १२८ देशले हस्ताक्षर गरेका छन् भने ११३ देशले अनुमोदन गरिसकेका छन्। नेपालले करीब छ वर्षअघि सन् २०१३ अक्टोवर १० मा नै हस्ताक्षर गरे पनि हालसम्म अनुमोदन भने गर्न बाँकी छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित