स्वास्थ्य चौकी नगरपालिकालाई हस्तान्तरण
भक्तपुर : सुडाल स्वास्थ्य चौकी चाँगुनारायण नगरपालिकालाई हस्तान्तरण गरिएको छ। भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकी भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटीको पहल र ब्रिटिस रेडक्रसको सहयोगमा निर्माण भएको हो।
चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित स्वास्थ्य चौकी एक करोड ५६ लाख ७१ हजार रुपैयाँ लागतमा निर्माण भएको हो। प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले नगरपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण गरे।
कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले स्वास्थ्य चौकीको ‘बर्थिङ सेन्टर’मा सुत्केरी गराए नगरपालिकाले दुई हजार आठ सय रुपैयाँ र शिशुलाई लुगा उपहार दिने जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा