डेंगु नियन्त्रणबारे बाेलेनन् स्वास्थ्यमन्त्री यादव, दुई साताका लागि अमेरिका जाँदै
काठमाडौं : तीन साताअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले काठमाडौंमा पत्रकार सम्मेलन गरेर डेंगु नियन्त्रण सरकारी तवरबाट मात्र नियन्त्रणमा नआउने गैरजिम्मेवार तर्क गरे। त्यतिमात्र होइन डेंगु नियन्त्रणका लागि सेना प्रहरी खटाउनेजस्ता अभिव्यक्ति दिए।
त्यसयता डेंगुले भयावह रूप लिएकाे छ। सरकारकै तथ्यांकअनुसार नाै हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। याे संख्या अस्पतालमा पुगेकाहरूकाे मात्र हाे। यसबाहेक पनि हजाराैँ मानिस संक्रमित भएकाे अनुमान छ। तीन महिनाकाे अवधिमा सातजनाकाे त मृत्यु भइसकेकाे छ। अस्पतालमा थामिनसक्नुकाे घुइँचाे छ। सबैमा त्रास छ । सरकारको प्रयास भने फितलो देखिएको छ।
डेंगु नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको भन्दै सडकदेखि संसदसम्म स्वास्थ्यमन्त्री उपेन्द्र यादवको आलोचना भइरहेको छ। संसदमा सत्तापक्षका सांसदले जवाफ र प्रतिपक्षले राजीनामा मागिरहेका छन्।
स्वास्थ्य मन्त्रालय मातहतकै विभिन्न निकायले स्थिति भयावह रहेको बताएका छन्। उनीहरूले जनचेतना र लामखुट्टे नियन्त्रणका लागि तत्काल कदम चालिहाल्नुपर्ने बताइरहेका वेला स्वास्थ्य मन्त्रालय र त्यसको नेतृत्वमा रहेका मन्त्री यादवले यसबारे केही बोलेका छैनन्। उनले संसदमा उभिएर जवाफ दिन पनि उपयुक्त ठानेका छैनन्।
स्वास्थ्य संकटकाल लगाउनुपर्ने माग उठिरहेका वेला मन्त्री यी सबैलाई बेवास्ता गर्दै बुधबार दुई साता लामो अमेरिका भ्रमण जाने भएका छन्। डेंगुले जनमानसमा त्रास फैलाइरहेका बेला उपप्रधानमन्त्रीसमेत रहेका यादव भने अमेरिका जान लागेका हुन्।
मन्त्री यादव २३ सेप्टेम्बरमा हुने यूएन एसेम्बलीमा भाग लिन बुधबार अमेरिका जान लागेकाे सचिव डा पुष्पा चाैधरीले बताइन् । सोही कार्यक्रममा भाग लिन उनी पनि शुक्रबार त्यसतर्फ जाँदैछिन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित