सुदूरपश्चिममा ७४ जनालाई स्क्रब टाइफस
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफस रोगबाट ७४ बिरामी भएका छन्।
ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन, दार्चुला, बझाङ र कञ्चनपुरमा दुई–दुई बिरामी भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।
निर्देशनालयका अनुसार ‘अधिकांश बिरामी उपचारपछि घर फर्केका छन्। थोरै मात्र बिरामीको उपचार नजिकका अस्पतालमा भइरहेको छ। उपचार भइरहेका सबैको अवस्था सामान्य छ।
स्क्रब टाइफस भएका मानिसमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अंगहरूले काम गर्न छोड्ने चिकित्सक बताउँछन्।
स्क्रब टाइफसको जीवाणु सार्ने माइट झाडी, खेतबारी, वनजंगल, घरवरपरको झाडीलगायतका क्षेत्रमा बस्ने बताइन्छ। यस्ता क्षेत्रमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भए खुट्टामा बुट लगाउने, खेतबारी वा चौरमा बस्दा केही ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित