Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगुबारे जनचेतना जगाउन महाअभियान सञ्चालन गर्न सरकारलाई परिषदकाे सुझाव

डेंगुबारे जनचेतना जगाउन महाअभियान सञ्चालन गर्न सरकारलाई परिषदकाे सुझाव

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे जनचेतना जगाउन महाअभियान सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ।

साेमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परिषदले डेंगुबारे प्रशस्त अध्ययन अनुसन्धान गरेको भन्दै जनचेतनामूलक कार्यक्रम तत्काल थाल्न सरकारलाई सुझाव दिएको हो।

परिषदले विश्व तापमानमा भएको वृद्धि र जलवायु परिवर्तनका कारण यो समस्या बढेको बताएको छ। कार्यक्रममा परिषदका अध्यक्ष डा अञ्जनीकुमार शर्माले डेंगु के कारणले हुन्छ, कुन प्रजातिको लामखुटेको टोकाइबाट हामी संक्रमण हुन्छ र कति उचाइसम्म यसको खतरा हुन्छ भन्ने जानकारी दिन आवश्यक रहेको बताए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. ईशान गौतमले डेंगुबाट बच्न सरकारको मुख ताक्नुभन्दा आफैँ सचेत हुनुपर्ने तर्क गरे।

कार्यक्रममा बढ्दो तापमानसँगै लामखुट्टेहरू उचाइ चढ्न थालेको जानकारी दिइयो। परिषदको अनुसन्धानअनुसार डेंगुको कारक ‘एडिज एजिप्टाई’ले १८०० मिटर तथा एडिज अल्बोपिक्टसले २१०० मिटरको उचाइसम्म प्रजनन गर्ने पाइएको छ।

माथिल्लो भूभागका जिल्लामा १६ प्रतिशत र तल्लो भू भागको जिल्लामा ५३ प्रतिशत जनतामा मात्रै डेंगुबारे जानकारी भएको पाइएको परिषदको भनाइ छ। १३ प्रतिशतले मात्र मात्र डेंगु रोकथामका उपाय अपनाएको पाइएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन