जिल्ला अस्पतालमै पाइँदैन निःशुल्क औषधि
जाजरकोट : जिल्लाका अस्पतालहरूमा सामान्य औषधि पनि नपाइँदा उपचारमा कठिनाइ हुने गरेको छ। दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकी लगायतका बिरामी बढिरहेका छन्। तर, यहाँ औषधिको चरम अभाव छ।
जिल्ला अस्पताललाई सरकारले ७२ प्रकारका औषधी निःशुल्क दिने भने पनि सिटामोल, आइरन चक्की, बु्रफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लगायत अत्यावश्यक औषधि अभाव छ। अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, गुलोब्स र आरएलसमेत पाइँदैन।
दैनिक ६०\७० जना भाइरल ज्वरोका मात्र बिरामी यहाँ आउने गरेका छन्। डाक्टरले चेकजाँच गरेर औषधी लेखिदिन्छन्। तर, बिरामीले औषधि पाउँदैनन्। अहिले बाहिर औषधि किन्नुपर्ने भएपछि आर्थिक अवस्था कमजोर भएकाहरू मारमा परेका छन्।
लेखापाल नहुँदा ल्याब सेवासमेत बन्द हुने अवस्थामा पुगेको छ। ल्याबका लागि आवश्यक पर्ने किटसमेत सकिएको चिकित्सकहरू बताउँछन्। औषधी खरिदका लागि बजेट आए पनि लेखामा काम गर्ने लेखापाल नहुँदा समस्या परेको छ। लेखापाल नहुँदा स्वास्थ्यकर्मीले साउनदेखि तलब भत्तासमेत पाएका छैनन्।
प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा गएपछि जिल्ला अस्पताल झनै अस्तव्यस्त भएको स्थानीय बासिन्दा बताउँछन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित