झापामा ५०० नाघे डेंगु संक्रमित
झापा : जिल्लामा तीन महिनाअघि देखा परेको डेंगु रोग झापामा अझै नियन्त्रणमा आएको छैन। जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय सरकारले प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेंगुका रोगी ५०० भन्दा बढी छन् । उनीहरूको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए।
डेंगु नियन्त्रणका लागि याे वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ। स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले जानकारी दिए।
यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको संख्या बढ्दै गए भयावह अवस्था सिर्जना हुनसक्ने पौडेलले बताए। झापामा पहिलोपटक मेचीनगरमा फेला परेको डेंगुबाट मेचीनगर, विर्तामोड, दमक, भद्रपुर लगायतजोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित