Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धादिङमा २३ जनामा डेंगु संक्रमण

धादिङमा २३ जनामा डेंगु संक्रमण

धादिङ : जिल्लामा २३ जनामा डेंगु संक्रमण भेटिएको छ। उच्च ज्वरो तथा टाउको दुखाइका कारण जिल्ला अस्पताल धादिङमा जचाँउन आएका बिरामीमा डेंगु संक्रमण भेटिएको हो।

रगत परीक्षणका क्रममा २३ जनामा डेंगु संक्रमण भेटिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले बताए।

डेंगु संक्रमणले धादिङबासी त्रसित बनेका छन् । धादिङमाआर्थिक वर्ष ०७४\७५ मा  ५ जनामा डेंगु संक्रमण देखिएको थियो। याे वर्ष दुई महिनामै २३ जनामा डेंगु संक्रमण देखिएको झाले बताए।

डेंगु संक्रमण बढेपछि जनचेतनाका कार्यक्रम सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएकाे छ। जिल्लाको नीलकण्ठ नगरपालिका, धुनिबेँसी नगरपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका र खनियावास गाउँपालिकामा संक्रमण देखिएकले ती ठाउँमा जनचेतनाका काम गरिरहेकाे कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार