Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निःशुल्क आँखा शिविरमा ५७६ ले लिए सेवा

निःशुल्क आँखा शिविरमा ५७६ ले  लिए सेवा

कैलाली : गोदावरी नगरपालिका–२ मा आयाेजित निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन्। लायन्स  क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर गरिएकाे हाे।

गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले शिविरमा सेवा लिएका हुन्। तीमध्ये ७० जनामा मोतियाविन्दुको समस्या देखापरेको छ भने छ जनामा आँखाभित्र मासु पलाएको समस्या देखापरेको लायन्स क्लब अफ अत्तरिया सिटीका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार मोतियाविन्दु र मासु पलाएको समस्या देखिएकाहरूको निःशुल्क शल्यक्रिया गेटा आँखा अस्पतालमा गरिने भएको छ।  आँखाका अन्य बिरामीलाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको अध्यक्ष अधिकारीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार