Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु नियन्त्रणपछि मात्रै कर्मचारीलाई ‘रमाना’

डेंगु नियन्त्रणपछि मात्रै कर्मचारीलाई ‘रमाना’

काभ्रेपलाञ्चोक : जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आदेशअनुसर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले समायोजनमा परेका स्वास्थ्यका कर्मचारीलाई हाल डेंगु रोग नियन्त्रण नभएसम्म रमाना नदिन मातहतका स्थानीय तहका स्वास्थ्य शाखालाई परिपत्र गरेको हो।

‘डेंगु रोग नियन्त्रण गर्न सहज हुने तथा स्वास्थ्यकर्मी एक अर्को जिल्लामा आवतजावत गर्दा डेंगु रोगसमेत जाने–आउने खतरा बढ्न सक्ने भएकाले समायोजनमा जान पत्र जारी भएका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेत रमाना नदिन परिपत्र गरेका हौँ’, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले भने।

मन्त्रालयले काठमाडाैं उपत्यकालगायत देशका अधिकांश जिल्लामा डेंगु रोगको प्रकोप देखिँदै गएकाले देशका विभिन्न तहमा समायोजन भई पत्र जारी भएका चिकित्सक एवं स्वास्थ्यकर्मी तथा केन्द्रीय अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अर्को आदेश नभएसम्म यथावत राख्न यही भदौ २५ गते केन्द्रीय, प्रदेश, जिल्लास्थित सरोकारवाला निकायलाई पत्राचार गरेको थियो। साथै, प्रसूति बिदा, अध्ययन बिदा, किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न पनि मन्त्रालयले आदेश गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार