Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जिल्ला अस्पताललाई डेंगु परीक्षण किट

जिल्ला अस्पताललाई डेंगु परीक्षण किट

बैतडी : दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ।

अस्पताललाई ४५ किट उपलब्ध गराएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए।

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग लागेमा त्यसको परीक्षणका लागि किटले सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले जानकारी दिए। जिल्लामा अहिलेसम्म डेंगुका बिरामी फेला नपरेको उनले बताए।

यस्तै डेंगु रोगका बारेमा सचेतना फैलाउन नगरपालिकाभरिका सबै विद्यालयमा निर्देशन गरिएको दशरथचन्द नगरपालिकाले जनाएको छ।

आफ्नो वरपरको वातावरण सफा राख्नुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नका लागि झुलको प्रयोग गरेर सुत्नुपर्नेलगायतका सुझाव विद्यार्थीमार्फत दिइएको नगरपालिकाका सामाजिक शाखा प्रमुख चन्दले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार