जिल्ला अस्पताललाई डेंगु परीक्षण किट
बैतडी : दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ।
अस्पताललाई ४५ किट उपलब्ध गराएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए।
लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग लागेमा त्यसको परीक्षणका लागि किटले सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले जानकारी दिए। जिल्लामा अहिलेसम्म डेंगुका बिरामी फेला नपरेको उनले बताए।
यस्तै डेंगु रोगका बारेमा सचेतना फैलाउन नगरपालिकाभरिका सबै विद्यालयमा निर्देशन गरिएको दशरथचन्द नगरपालिकाले जनाएको छ।
आफ्नो वरपरको वातावरण सफा राख्नुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नका लागि झुलको प्रयोग गरेर सुत्नुपर्नेलगायतका सुझाव विद्यार्थीमार्फत दिइएको नगरपालिकाका सामाजिक शाखा प्रमुख चन्दले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा