आयुर्वेदिक केन्द्रमा पायल्सकाे उपचार गराउँदा युवतीकाे मृत्यु
चिकित्सक र सञ्चालक पक्राउ
दमक : दमक नगरपालिकामा पायल्सको अप्रेसन गर्ने क्रममा एक आयुर्वेदिक केन्द्रमा युवतीको ज्यान गएको छ। दमक नगरपालिका ५ रातोपुलस्थित वरदान आयुर्वेदिक चिकित्सा केन्द्रमा पायल्सको अप्रेसन गर्ने क्रममा शनिबार दमक ९ की १७ वर्षीया सुष्मादेवी चौधरीको मृत्यु भएको हो।
शुक्रबार अप्रेसनका लागि लट्याउन सुई लगाउने क्रममा होशमा नआएपछि उनलाई शनिबार अपराह्न दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो। तर बाटैमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
चौधरीको मृत्यु भएपछि फरार रहेका डा. लिम्बूलाई प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको छ। प्रहरीले आयुर्वेदिकक चिकित्सा केन्द्रका सञ्चालक श्याम श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित