Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेदिक केन्द्रमा पायल्सकाे उपचार गराउँदा युवतीकाे मृत्यु

चिकित्सक र सञ्चालक पक्राउ

आयुर्वेदिक केन्द्रमा पायल्सकाे उपचार गराउँदा युवतीकाे मृत्यु

दमक : दमक नगरपालिकामा पायल्सको अप्रेसन गर्ने क्रममा एक आयुर्वेदिक केन्द्रमा युवतीको ज्यान गएको छ। दमक नगरपालिका ५ रातोपुलस्थित वरदान आयुर्वेदिक चिकित्सा केन्द्रमा पायल्सको अप्रेसन गर्ने क्रममा शनिबार दमक ९ की १७ वर्षीया सुष्मादेवी चौधरीको मृत्यु भएको हो।

शुक्रबार अप्रेसनका लागि लट्याउन सुई लगाउने  क्रममा होशमा नआएपछि उनलाई शनिबार अपराह्न दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो। तर बाटैमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

चौधरीको मृत्यु भएपछि फरार रहेका डा. लिम्बूलाई प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको छ। प्रहरीले आयुर्वेदिकक चिकित्सा केन्द्रका सञ्चालक श्याम श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार