लामखुट्टे नियन्त्रण गर्न विराटनगर महानगरपालिकामा ‘फगिङ’
विराटनगर : डेंगु प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ। डेंगुबाट शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्यक्रम ल्याएको हो।
शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टे नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्न थालिएको छ।
लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक–पटक गर्दै आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो अभियान शुरु गरेको छ। यससँगै बस्ती क्षेत्रमा समेत पुनः फगिङ गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए।
शनिबार मात्रै वडा नं. ७ र १० का सरकारी, गैरसरकारी कार्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयमा फगर मेसिनबाट लामखुट्टे मारिएको छ। यो अभियान महानगरका १९ वटै वडामा क्रमशः गर्दै जाने बताइएको छ।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा