Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मानसिक रोगविज्ञ डा. शर्माकाे ‘मान्छेको मन’ सार्वजनिक

मानसिक रोगविज्ञ डा. शर्माकाे ‘मान्छेको मन’ सार्वजनिक

काठमाडाैं : वरिष्ठ मानसिक रोगविज्ञ डा. विश्वबन्धु शर्माकाे पुस्तक ‘मान्छेको मन’ सार्वजनिक भएको छ। शर्माले शनिबार राजधानीमा मानसिक स्वास्थ्यसम्बन्धी संस्मरणात्मक पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तक सार्वजनिक कार्यक्रममा डा. शर्माले आफूले मानसिक रोगका बिरामीको उपचारका क्रममा भोगेका अनुभव यसमा उतार्ने प्रयास गरेको बताए। पुस्तकमाथि समीक्षा गर्दै जनस्वास्थ्यविद् डा. रविन्द्र समीरले पुस्तकमा समावेश भएका मानसिक रोग सम्बन्धी संस्मरण र विषयवस्तु उच्चस्तरीय र सजीव रहेको बताए।

कार्यक्रममा वरिष्ठ मुटु रोगविज्ञ डा. प्रकाशराज रेग्मीले डा. शर्माको पुस्तक नेपालको मानसिक स्वास्थ्यको क्षेत्रका लागि इतिहास र वर्तमानको दस्तावेज हुने बताए।

लक्ष्मण अधिकारीले सम्पादन गरेकाे याे पुस्तक मञ्जरी पब्लिकेशनले प्रकाशनमा ल्याएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार