Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणि खरालद्वारा उम्मेदवारी घोषणा

नेपाल चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणि खरालद्वारा उम्मेदवारी घोषणा

काठमाडौं :  नेपाल चिकित्सक संघको आगामी अधिवेशनका लागि डा पुष्पमणि खरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले धनगढी पुगेर राष्ट्रिय चिकित्सक संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

डा खरालले चिकित्सकको पेसागत सुरक्षा, श्रमको सम्मान, चिकित्सक र बिरामीबिचको सम्बन्ध सुदृढीकरण गराउन आफूले उम्मेदवारी दिने घोषणा गरेको बताए। उनले भने , ‘पछिल्लो समय चिकित्सकहरु कार्य क्षेत्रमै असुरक्षित छन्, विश्वास गुम्दै गएको छ यसाई जोगाउन मेरो हरसम्भव प्रयास हुनेछ ।’

यस अघिकाे निर्वाचनमा डा खरालले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनी एमडीजीपी  फिजिसियन हुन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार