नेपाल चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणि खरालद्वारा उम्मेदवारी घोषणा
काठमाडौं : नेपाल चिकित्सक संघको आगामी अधिवेशनका लागि डा पुष्पमणि खरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले धनगढी पुगेर राष्ट्रिय चिकित्सक संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
डा खरालले चिकित्सकको पेसागत सुरक्षा, श्रमको सम्मान, चिकित्सक र बिरामीबिचको सम्बन्ध सुदृढीकरण गराउन आफूले उम्मेदवारी दिने घोषणा गरेको बताए। उनले भने , ‘पछिल्लो समय चिकित्सकहरु कार्य क्षेत्रमै असुरक्षित छन्, विश्वास गुम्दै गएको छ यसाई जोगाउन मेरो हरसम्भव प्रयास हुनेछ ।’
यस अघिकाे निर्वाचनमा डा खरालले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनी एमडीजीपी फिजिसियन हुन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त