मध्यविन्दु अस्पताललाई डेंगु परीक्षण किट
नवलपरासी : कावासोती नगरपालिकाले मध्यविन्दु जिल्ला अस्पताललाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ। नगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनिया थारूले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. टेकेन्द्र गौतमलाई १०० थान डेंगु परीक्षण किट प्रदान गरेका हुन्।
अस्पतालमा प्रदेशबाट ५०, अस्पतालले खरीद गरेको २५ र जिल्ला स्वास्थ्य कार्यलयबाट पाँच किट प्राप्त भए पनि शुक्रबार अस्पतालमा किट सकिएको थियो। अस्पतालमा डेंगु परीक्षणमा समस्या भएपछि कावासोती नगरपालिकाले शनिबार १०० थान किट प्रदान गरेको हो।
मध्यविन्दु जिल्ला अस्पतालमा दैनिक ५० जनाको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका छन्। अस्पतालमा आएका बिरामीमध्ये धेरैले डेंगु परीक्षणका लागि भन्ने गरेको भए पनि अवस्था हेरेर मात्र परीक्षण गर्ने गरेको डा. गौतमले बताए।
कावासोतीमा हालसम्ममा १७ जना डेंगुका बिरामी फेला परेका छन्। नवलपरासीपूर्व नवलपुरमा डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वाथ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख ख्याम केसीले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा