विदाको दिन पनि खुल्यो शुक्रराज अस्पतालकाे ओपीडी
काठमाडौं : डेंगुको बिरामी बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सार्वजनिक विदाको दिन पनि ओपीडी सेवा सञ्चालन गरेको छ।
अस्पतालमा डेंगु परीक्षण गर्ने बिरामी धेरै आएपछि अस्पतालले शुक्रबार इन्द्रजात्राको बिदाको दिन पनि ओपीडी पूर्ण रूपमा सञ्चालन गरेको हो। शनिबार पनि नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ।
अस्पतालमा अहिले दैनिक आठ सयभन्दा बढीको संख्यामा ज्वरोका बिरामी आउने गरेका छन्। बिरामीको चाप नघटेपछि इन्द्रजात्राको बिदा र शनिबार पनि ओपिडीसहित ल्याब तथा अस्पतालका सबै सेवा नियमित रूपमा सञ्चालन गर्ने अस्पतालका कार्यकारी अधिकृत रूपनारायण खतिवडाले जानकारी दिए।
डेंगु संक्रमण बढेसँगै अस्पतालमा घुइँचो बढेपछि ‘क्यास काउन्टर’ दुईबाट बढाएर चार पुर्याइएको छ। डेंगु परीक्षणका लागि अस्पतालले ओपीडीबाहेक दुईवटा फिवर क्लिनिक सञ्चालनमा ल्याएको छ। यहाँ चार\चारजना मेडिकल अफिसरको युनिट रहेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा