Health TV Online
Health TV Online

विदाको दिन पनि खुल्यो शुक्रराज अस्पतालकाे ओपीडी

विदाको दिन पनि खुल्यो शुक्रराज अस्पतालकाे ओपीडी

काठमाडौं : डेंगुको बिरामी बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सार्वजनिक विदाको दिन पनि ओपीडी सेवा सञ्चालन गरेको छ।

अस्पतालमा डेंगु परीक्षण गर्ने बिरामी धेरै आएपछि अस्पतालले शुक्रबार इन्द्रजात्राको बिदाको दिन पनि ओपीडी पूर्ण रूपमा सञ्चालन गरेको हो। शनिबार पनि नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ।

अस्पतालमा अहिले दैनिक आठ सयभन्दा बढीको संख्यामा ज्वरोका बिरामी आउने गरेका छन्। बिरामीको चाप नघटेपछि इन्द्रजात्राको बिदा र शनिबार पनि ओपिडीसहित ल्याब तथा अस्पतालका सबै सेवा नियमित रूपमा सञ्चालन गर्ने अस्पतालका कार्यकारी अधिकृत रूपनारायण खतिवडाले जानकारी दिए।

डेंगु संक्रमण बढेसँगै अस्पतालमा घुइँचो बढेपछि ‘क्यास काउन्टर’ दुईबाट बढाएर चार पुर्‍याइएको छ। डेंगु परीक्षणका लागि अस्पतालले ओपीडीबाहेक दुईवटा फिवर क्लिनिक सञ्चालनमा ल्याएको छ। यहाँ चार\चारजना मेडिकल अफिसरको युनिट रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन