चितवनमा एक हजार ६२१ जनामा डेंगुको संक्रमण
चितवन : जिल्लामा एक हजार ६२१ जनामा डेंगुको संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा सात हजार १७८ जनाको परीक्षण गरिएकोमा एक हजार ६२१ जनामा डेंगुको संक्रमण देखिएको हो।
संक्रमितमध्ये ६० प्रतिशत पुरुष रहेको स्वास्थ्य कार्यालय, चितवनका भेक्टर कन्ट्रोल इन्स्पेक्टर रामकुमार केसीले जनाए।
भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य विभिन्न अस्पतालमा अहिले भाइरल ज्वरोलगायत डेंगुसँग लक्षण मिल्ने सयौँ बिरामीको घुइँचो लागेको छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, १०, १४ लगायत विभिन्न वडा जिल्लाको सबैभन्दा बढी डेंगु प्रभावित क्षेत्र हुन्। डेंगुले प्रकाेपकाे रूप लिएपछि किट अभाव हुँदा बिरामीको उपचार नै प्रभावित भइरहेको अवस्थामा महानगरपालिका प्रमुख रेणु दाहालले अस्पतालका मेडिकल सुपरिटेन्डन्ट श्रीराम तिवारीलाई किट हस्तान्तरण गरिन्।
अस्पतालमा दैनिक करिब २०० किट आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त