Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. गिरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. गिरी

काठमाडौं : चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरी नियुक्त भएका छन्। अन्तिम तीन प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका गिरी उपाध्यक्ष बनेका हुन्।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न आवेदन दिएकामध्ये प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भुकुमार पहारी र प्रा.डा. गिरी अन्तिम तीनमा परेका थिए।

प्रा.डा. गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रजिष्ट्रार हुन्। उनी ३७ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय छन्। उनी हाल राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जनको कार्यरत छन्।

गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि