सरकार भन्छ, डेंगु नियन्त्रण बाहिर गएकै छैन
काठमाडौं : संघीय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘डेंगुले धेरैलाई दुःख दिए पनिनियन्त्रण बाहिर नगएको बताएका हुन्। ‘सरकारले काम गरिरहेको छ। स्वास्थ्य मन्त्रालय अझै सक्रिय रहेको छ।’उनले भने।
डेंगुबाट विश्वका तीन अर्ब मानिस जोखिममा रहेको विश्व स्वास्थ्य संगठनकाे तथ्यांक रहेको भन्दै मन्त्री बासकाेटाले सरकारी प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने बताए। तर पनि उपचारका स्रोत र साधन मिलाउने काम भइरहेको उनले दाबी गरे।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त