Health TV Online
Health TV Online

सरकार भन्छ, डेंगु नियन्त्रण बाहिर गएकै छैन

सरकार भन्छ, डेंगु नियन्त्रण बाहिर गएकै छैन

काठमाडौं : संघीय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘डेंगुले धेरैलाई दुःख दिए पनिनियन्त्रण बाहिर नगएको बताएका हुन्। ‘सरकारले काम गरिरहेको छ। स्वास्थ्य मन्त्रालय अझै सक्रिय रहेको छ।’उनले भने।

डेंगुबाट विश्वका तीन अर्ब मानिस जोखिममा रहेको विश्व स्वास्थ्य संगठनकाे तथ्यांक रहेको भन्दै मन्त्री बासकाेटाले सरकारी प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने बताए। तर पनि उपचारका स्रोत र साधन मिलाउने काम भइरहेको उनले दाबी गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन