संसदमा किन मागियाे स्वास्थ्यमन्त्री यादवकाे राजीनामा?
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा मागेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगुले देशै आक्रान्त बनिसक्दा पनि संवेदनशील नबनेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन्।
डेंगुबारे यथार्थ जानकारी गराउन सभामुख कृष्णबहादुर महराले सरकारलाई ‘रुलिङ’ गरेपछि धारणा राख्दै सांसद गौतमले तत्काल संकटकाल घोषणा गरी डेंगु नियन्त्रणको काम तीव्र पार्न सरकारसँग आग्रह गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण