मुलुकभर आठ हजार ९० जनामा डेंगु संक्रमण, सबैभन्दा बढी प्रभावित प्रदेश ३
काठमाडौं : याे वर्ष मुलुकभर आठ हजार ९० जना डेंगुबाट संक्रमित भएका छन्।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै डेंगु संक्रमणबाट प्रदेश ३ बढी प्रभावित भएको जनाएको छ।
जिल्लागत रूपमा भने चितवन सबैभन्दा बढी डेंगु संक्रमणबाट प्रभावित भएको छ। त्यसैगरी मकवानपुर दोस्रो र तेस्रोमा कास्की प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेककुमार लालले बताए। उनका अनुसार काठमाडाैं उपत्यकामा मात्रै असार यता एक हजार १ ५० जना डेंगु संक्रमित भएका छन्।
डा. लालले लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएको तर्क गरे। घरघरमा रहेका भाँडा, गमला र टायरमार्फत लामखुट्टे वृद्धि भइरहेकाले सबैका घरमा गएर सरकारले सरसफाइ गर्न सम्भव नहुने भएकाले प्रत्येक व्यक्ति र परिवार नै सजग हुनुपर्ने उनकाे भनाइ छ।
खोप तथा औषधीबाट डेंगु र्निमूल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने उनले बताए ।’तर पनि सम्बन्धित सबै निकायबीच समन्वय गरी लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीहरूलाई तालिम दिने काम भइरहेको छ’, डा. लालले भने।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित